गणित शिक्षा परिषद गोरखाद्वारा जिल्लास्तरीय हाजीरीजवाफ प्रतियोगिता सम्पन्न

गोरखा, मिति २०८२ फाल्गुन १६

गणित शिक्षा परिषद् गोरखाले मिति २०८२ फागुन १६ गते जिल्ला स्तरीय गणितीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

गणित शिक्षा परिषद् गोरखाका अध्यक्ष श्री गणेशराज सापकोटाको अध्यक्षतामा भएको जिल्ला स्तरीय गणितीय हाजिर जवाफ कार्यक्रममा गणित शिक्षा परिषद् केन्द्रीय समितिका सदस्य तथा निवर्तमान अध्यक्ष एवं गणित शिक्षा परिषद गोरखाका सल्लाहकार समितिका संयोजक श्री मिनबहादुर नेपालीको प्रमुख अतिथ्यता तथा गणित शिक्षा परिषद गण्डकी प्रदेशका अध्यक्ष श्री वेदप्रसाद शर्माको विशिष्ट अतिथितामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गोरखा जिल्लाभरका ९ वटा विद्यालयहरूले दोस्रो चरणको प्रतियोगितामा सहभागिता जनाएका हुन्। पहिलो चरणको कार्यक्रम भने मिति २०८२ फागुन ११ गते सम्पन्न भएको थियो । पहिलो चरणको परीक्षामा गोरखा जिल्लाभरका ६० वटा भन्दा बढी विद्यालयहरू सहभागी भएका थिए। पहिलो चरणको कार्यक्रम वस्तुगत परीक्षामा आधारित रहेर सञ्चालन गरिएको थियो।

१६ गतेको कार्यक्रम सञ्चालन गर्न गण्डकी प्रदेश पोखराका अध्यक्ष वेदप्रसाद शर्मा र गणित शिक्षा परिषद कास्कीका कोषाध्यक्ष यादबहादुर अधिकारी आउनुभएको थियो ।

उक्त कार्यक्रमको उद्घाटन सत्रमा श्री दुल्लभ माध्यमिक विद्यालयका गणित शिक्षक लेकप्रसाद भट्टराई, केन्द्रीय सदस्य मिनबहादुर नेपाली, गण्डकी प्रदेश अध्यक्ष वेदप्रसाद शर्मा तथा गणित शिक्षा परिषद् गोरखाका अध्यक्ष गणेशराज सापकोटाले मन्तव्य राख्नुभएको थियो ।

 गणित शिक्षा परिषद् गोरखाका अध्यक्ष गणेशराज सापकोटाले गणितीय हाजिर जवाफले गणितप्रति विद्यार्थीको रुचि जागरण गराई गणितलाई सहज, सरल, पोसिलो, भरिलो र रसिलो बनाउने कुरामा जोड दिनुभएको थियो .

 १६ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा सहभागी ९ वटा विद्यालयहरू मध्ये चारवटालाई एउटा राउन्ड र पाँचवटालाई अर्को राउन्डमा सहभागी गराइएको थियो। दुवै राउन्डबाट उत्कृष्ट हुने छ वटा टिमलाई फाइनल राउन्डमा सहभागी गराइएको थियो ।

अल्टरनेटिभ राउन्ड, ब्याटिङ राउण्ड, र्‍यापिड फायर राउन्ड, भिजुअल राउन्ड लगायत विभिन्न तरिकाबाट प्रतियोगिता गरी गणितलाई एउटा रमाइलो तरिकाबाट प्रतियोगिता सञ्चालन गरिएको थियो।

उक्त कार्यक्रममा श्री ज्ञानमार्ग माध्यमिक विद्यालय गण्डकी प्रथम हुन सफल भएको थियो। त्यस्तै ओल्ड क्यापिटल मावि द्वितीय दुर्लभ मावि तृतीय र महालक्ष्मी मावि लक्ष्मी बजारले सान्त्वना स्थान हासिल गर्न सफल भएको थियो।

 कार्यक्रममा विजेताहरुलाई प्रमाणपत्रको साथमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु ५०००,४०००,३००० र २००० पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रथम र द्वितीय हुने टिमलाई प्रदेशमा हुने गणितीय हाजिर जवाफका लागि समेत छनोट गरिएको थियो।

कार्यक्रममा गणित शिक्षा परिषद् गोरखाका सल्लाहकार समितिका सदस्य राजुकुमार श्रेष्ठले आफ्नै विद्यालयमा भएको कार्यक्रममा आवश्यक समन्सवय र सहयोग जुटाएर उल्लेखनिय भूमिका निर्वाह गर्नुभएको थियो।

उक्त कार्यक्रममा गणित शिक्षा परिषद् गोरखालाई आर्थिक सहयोग गरी Readmore Publication ले प्रायोजनको भूमिका निर्वाह गरेको थियो। 

आज सञ्चालित उक्त कार्यक्रम कार्यक्रममा गणित शिक्षा परिषद् गोरखाका कोषाध्यक्ष श्री सम्झना थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षा परिषद् गोरखाका सचिव श्री रामकृष्ण ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

By Technical Suchana

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.