गणित शिक्षा परिषद गोरखाद्वारा जिल्लास्तरीय हाजीरीजवाफ प्रतियोगिता सम्पन्न
गोरखा, मिति २०८२ फाल्गुन १६ गणित शिक्षा परिषद् गोरखाले मिति २०८२ फागुन १६ गते जिल्ला स्तरीय गणितीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। गणित शिक्षा परिषद् गोरखाका अध्यक्ष श्री गणेशराज सापकोटाको अध्यक्षतामा भएको जिल्ला स्तरीय गणितीय हाजिर जवाफ कार्यक्रममा गणित शिक्षा परिषद् केन्द्रीय समितिका सदस्य तथा निवर्तमान अध्यक्ष एवं गणित शिक्षा परिषद गोरखाका सल्लाहकार समितिका संयोजक श्री मिनबहादुर नेपालीको प्रमुख अतिथ्यता तथा गणित शिक्षा परिषद गण्डकी प्रदेशका अध्यक्ष श्री वेदप्रसाद शर्माको विशिष्ट अतिथितामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गोरखा जिल्लाभरका ९ वटा विद्यालयहरूले दोस्रो चरणको प्रतियोगितामा सहभागिता जनाएका हुन्। पहिलो चरणको कार्यक्रम भने मिति २०८२ फागुन ११ गते सम्पन्न…
