CEHRD द्वारा मा वि गणित शिक्षकका लागि तालिम सञ्चालन

शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा देशभरका माध्यमिक तहका गणित शिक्षकका लागि प्रशिक्षक प्रशिक्षण तालिम (ToT) कार्यक्रम सञ्चालन गरेको छ । देशभरका सातै प्रदेशबाट २५ जना गणित शिक्षकहरु सहभागी उक्त तालिम कार्यक्रम २०८२ माघ ६ देखि माघ १२ सम्म सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरुले विषयगत ज्ञान सीपका अतिरिक्त अनुसन्धान, Project Base Learning, Ethno Mathematics, ICT use in Mathematics(AI समेत),Lesson study,Paper Cutting & Folding,GeoGebra जस्ता विषयवस्तु समेत सिकेका थिए ।

कार्यक्रममा निर्देशक श्री गौरीशंकर पाण्डेले तालिम कक्षाकोठासम्म पुग्नुपर्ने कुरामा जोड दिनुभयो । साथै प्रदेशमा तालिम सञ्चालनका लागि जिम्मेवारीवोध समेत गराउनुभयो । गणित विषयका CEHED का तालिम प्रशिक्षक श्री रामचन्द्र ढकालले तालिमले विद्यार्थीमा ज्ञान निर्माण गरी गणितको गुणस्तरमा समेत वृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

तालिममा सहभागीहरुले पनि तालिमवाट सिकेका विषयवस्तुको सही प्रयोग गरी गणितलाई “आहा कति राम्रो गणित” भन्ने बनाउने कुरा बताउनुभयो ।

 

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

By Technical Suchana

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.